Need Help ?
Call: +977- 095520135

एस‍ एल सी प्रतिवेदन २०७०

प्रकाशित मिती:  

२०७० सालको एस.एल.सी. परीक्षा संचालन सम्वन्धि प्रतिवेदन जिल्ला शिक्षा कार्यालय बैतडी परिचय: एस.एल.सी. परीक्षालाई फालामे ढोकाको रुपमा लिने गरिन्छ । नेपालमा १९९० सालमा एस.एल.सी. परीक्षाको शुरुवात भएको हो ।विद्यार्थीहरुको उपलव्धिको मापन गर्ने एक मात्र साधनको रुपमा एस.एल.सी. परीक्षालाईलिने गरिन्छ । वर्तमान समयमा यसलाई अझ फराकिलो रुपमा हेर्ने गरिन्छ । यसलाई विद्यार्थीको सिकाई उपलव्धि के कति हासिल गर्यो र यसलाई कसरी सुधार गर्न सकिन्छ त्यस तर्फ सबैको ध्यान केन्रिहात भएको पाईन्छ ।एस.एल.सी. परीक्षाले सात दशक पार गरि सक्दा पनि यसमा गुणात्मक सुधार हुन नसकेको भनि सबैले आवाज उठाउने गरेको पाईन्छ । हालको विद्यार्थी संख्याको बढ्दो चाप र परीक्षा संचालनमा पुरानो परिपाटि अहिले सम्म कायम रहेको पाईन्छ । बैतडी जिल्लमा एस.एल.सी. परीक्षा नियमित, मर्यादित, अनुशासित र व्यवस्थित रुपमा संचालन गर्न देहाय बमोजिमको कार्य गरिएको छ । परीक्षा केन्र् र विद्यार्थी संख्या १) यस जिल्लमा २४ ओटा परीक्षा केन्र् कायम गरिएको । २) परीक्षामा नियमित समूहबाट जम्मा २४३३ छात्र र २२७५ जना छात्रा ४७०८ परीक्षार्थी रहेकोमा परीक्षामा २३८२ छात्र र २२५५ जना छात्रा ४६३७ जना मात्र परीक्षामा सम्मिलित भएका छन । एक्जामटेड तर्फ ८१० छात्र र ९३९ छात्रा गरि १७४९ जना परीक्षार्थी रहेकोमा परीक्षामा सम्मिलित भएकोमा ७६९ छात्र र ८७१ जना छात्रा गरि १६४० मात्र परीक्षामा सम्मिलित भएका छन । नियमित तर्फ ३७ छात्र र ३४ छात्रा अनुपस्थित भए ।एक्जामटेड तर्फ ४१ छात्र र ६८ जना छात्रा अनुपस्थित रहेका छन । परीक्षाको लागि गरिचालन गरिएको जनशक्ति १) परीक्षा संचालनको लागि २४ ओटा केन्र् ध्यक्ष, ३२ ओटा सहायक केन्राप्ध्यक्ष, २५९ ओटा निरीक्षक, ८१ ओटा सहयोगी कर्मचारी परिचालन गरिएका । २) परीक्षाकेन्र्कमा आवश्यकता अनुसार न्यूनतम १० जनाका दरले सुरक्षाकर्मी खटाईएका थिए । अनुगमानमा खटाएको जनशक्ति १) परीक्षालाई नियमित,मर्यादित र अनुशासित रुपमा संचालन गर्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति बैतडीका पदाधिकारी, जिल्ला शिक्षा कार्यालयका वि.नि. , कर्मचारी, र स्रोत व्यक्ति शिक्षकका पेशागत संघ संगठनका पदाधिकारी गरि जम्मा ४० जना कर्मचारीहरुलाई सबै केन्र्समा पुग्ने गरि खटाईएको । २) परीक्षा नियमित र अनुशासित रुपमा संचालनमा रहेको । कारवाहीका परेका कर्मचारी ७) मणिलेक उ.मा.वि. कांडा (क) केन्र् मा एक जना सहयोगी कर्मचारीलाई निष्कासन गरिएको । अभिमुखिकरण १) परीक्षालाई नियमित रुपमा संचालन गर्न २०७०।११।३० का दिन जिल्ला प्रशासन कार्यालयको हलमा केन्रा ुध्यक्ष,स्रोत व्यक्ति, वि.नि. र केन्र्नमा खटिएका सुरक्षाकर्मी प्रमुखहरुलाई निर्देशन र केन्रा३ोध्यक्षहरुलाई अभिमुखिकरण गरिएको । समस्याहरु: १) परीक्षा केन्र्रहरुमा स्रोत साधन(फर्निचर)को अप्रयाप्ता । २) निरीक्षकहरुमा परीक्षा संचालनमा सकारात्मकताको कमी । ३) भौगोलिक विकटताका कारण परीक्षा केन्र्रहरुको सधन अनुगमनमा कठिनाई महसुस गरिएको । ४) यातायात तथा ढुवानी रकम अत्यन्त न्यून रहेकोले तोकिएको स्थानमा उ.पु. पुर्याउन नै नसकिने अवस्था रहेको । गरिएका प्रयासरउपलव्धिहरु : १) प्राथमिक तहको शिक्षकलाई मात्र निरीक्षकमा राखिएको । २) स्रोत साधनको अधिकतम प्रयोग गर्ने तर्फ पहल गरिएको । ३) सबै परीक्षा केन्र्अहरुमा दैनिक रुपमा सुपरीवेक्षण तथा अनुगमन गरिएको । ४) सम्वन्धित परीक्षा केन्र् मा परीक्षामा परिचालन गरिएको जनशक्तिलाई अभिमुखिकरण गरिएको ।